हङकङ अब्जर्भेटरीले सहरमा जारी गरेको एम्बर वर्षाको चेतावनी संकेत रद्द गरेको छ।
शुक्रबार बिहान ९:३५ चट्याङको र दिउँसो १२:१० मा एम्बर वर्षाको चेतावनी जारी गरिएको थियो। एम्बर वर्षाको चेतावनी संकेत दिउँसो १:२० अर्को सूचना जारी गरिएको रद्द भएको जानकारी दिइएको हो।
यद्यपि, १:२३ मा अर्को ध्यानाकर्षण सूचना जारी गर्दैै अब्जर्भेटरीले भनेको छ, ‘हावाहुरीको चेतावनी रद्द गरिए पनि नदीमा बाढी आउन सक्ने खतराप्रति जनता सचेत रहनु पर्छ।’
हङकङ अब्जर्भेटरीले वर्षाका सम्बन्धमा तीन तहका चेतावनी संकेत जारी गर्ने गरेको छ। जसमा- एम्बर, रातो र कालो हुन्। एम्बर संकेतले सम्भावित भारी वर्षाको बारेमा अलर्ट दिन्छ जुन रातो वा कालो संकेत अवस्थामा समेत विकास हुन सक्ने अनुमान गरिन्छ।
यस हप्ता हङकङमा निरन्तर पानी परिरहेको छ। हावाहुरी र पानीका कारण जनजीवत प्रभावित बन्न सक्नेतर्फ सचेत गराउँदै अब्जर्भेटरीले विभिन्न सूचना जारी गरिरहेको छ।
सहरवासीलाई संस्थाको सूचनामा अपडेट रही दैनिकीमा लाग्न समेत अब्जर्भेटरीले आग्रह गर्दै आइरहेको छ।
Shares
प्रतिक्रिया