युट्युबमा भ्युज बढाउन हङकङका यी युवाले गरे यस्तो हर्कत! (भिडिओ)

युट्युबमा भ्युज बढाउन हङकङका यी युवाले गरे यस्तो हर्कत! (भिडिओ)

वोङको समाधिस्थलमा अभद्र व्यवहार गर्दै युवक


नेपालखबर
जेठ ६, २०८१ आइतबार १६:२४, हङकङ

 हङकङको रक ब्यान्ड बियोन्डका गायक दिवंगत वोङ का कुइको समाधिस्थल तोडफोड र विकृत गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहान साढे ११ बजे १५ र २३ वर्षका दुई युवाले चेङ क्वान ओस्थित ‘चाइनिज परमानेन्ट सेमेट्री’ मा रहेको वोङको समाधिस्थलमा अपशब्द बोल्दै अभद्र व्यवहार देखाएका हुन्।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा एक व्यक्तिले कोक खन्याएर चाट्ने, शुभचिन्तकहरूले दिएको फूललाई कुल्चने, लात्तीले हान्ने, मार्कर पेनले जथाभावी कोर्ने लगायतका हर्कत गरेको देखिन्छ।

त्यस्तै, वोङको फोटोमा चुम्बन गरेको, हथौडाले फोटो फुटाइरहेको, फोटोमा लात्तीले हानेको देख्न सकिन्छ।

यस्तो हर्कतको तस्बिर र भिडिओ सञ्जालमा भाइरल भयो। अनि, कर्मचारीको रिपोर्टमा प्रहरीले दुवै जनालाई पक्राउ गर्‍यो।

घटनापछि वोङको समाधिस्थललाई सेतो कपडाले ढाकिएको छ।

यसमा ताजुबको कुरा त यो छ कि अभद्र व्यवहार गरिएको उक्त भिडिओ उनीहरूले नै रेकर्ड गराएको खुल्न आएको हो।

अझ मूल कुरा त यो छ, उनीहरू युट्युबर हुन् र भ्युज बढाउनको लागि यसअघि पनि यस्ता हर्कतमा संलग्न भएको पाइएको छ।

भिडिओ-

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .