सकिएको छैन हङकङमा मेस्सीको ‘नो शो’ विवाद : देला त इन्टरमियामीले क्षतिपूर्ति?

सकिएको छैन हङकङमा मेस्सीको ‘नो शो’ विवाद : देला त इन्टरमियामीले क्षतिपूर्ति?

फेब्रुअरीको खेलमा दर्शकको भीड (एससीएमपी), इन्सेटमा मेस्सी


नेपालखबर
जेठ ३, २०८१ बिहिबार १८:१३, हङकङ

फेब्रुअरीमा हङकङमा भएको खेलमा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीको बेन्चका कारण भएको आर्थिक नोक्सानीको लागि आयोजक ट्याटलर एसियाले मेस्सी अनुबन्ध क्लब इन्टरमियामी सीएफविरुद्ध कानुनी कारवाही अघि बढाएको स्रोतलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएको छ।

फेब्रुअरीमा भएको खेलमा मेस्सीले नखेलेपछि व्यापक विरोध भएको थियो। दबाब थेग्न नसकेपछि आयोजक ट्याटलरे आधिकारिक च्यानलबाट टिकट खरिद गर्नेहरूलाई ५० प्रतिशत फिर्ता दिने घोषणा गर्‍यो।

ट्याटलरले सार्वजनिक गरेको आर्थिक विवरणअनुसार कार्यक्रमबाट एक करोड ३० लाख हङकङ डलर आम्दानी हुने अपेक्षा गरिएको थियो।

सबै कुरा सहज रूपमा सम्पन्न भएको भए ट्याटलरले मेगा आर्ट्स एन्ड कल्चरल इभेन्ट्स कोषबाट एक करोड ६० लाख हङकङ डलर बराबर अनुदान पाउने थियो।

आफूले आम्दानी गर्ने एक करोड ३० लाख र अनुदानबाट प्राप्त एक करोड ६० गरेर कार्यक्रमबापत ट्याटलरसँग दुई करोड ९० लाख हङकङ डलर हुने थियो।

तर, यसको वपरीत पाँच करोड ६० लाख हङकङ डलर फिर्ता गर्नु परेपछि चार करोड ३० लाख हङकङ डलर घाटा भएको ट्याटलरले जनाएको छ।

हङकङमा भएको खेलमा शारीरिक चोटका कारण खेल्न असमर्थ भनिएका मेस्सी त्यसको केही दिनपछि जापानमा भएको खेलमा मैदानमा उत्रिएपछि हङकङका प्रशंसक झन् आक्रोशित भएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .