आवर हङकङ फाउन्डेसन (ओएचकेएफ)ले हङकङको निजी र सार्वजनिक आवास आपूर्तिको पछिल्लो पूर्वानुमान जारी गर्दै आगामी पाँच वर्षभित्र सहरको आवास आपूर्ति प्रशस्तताको चरणमा प्रवेश गर्ने बताएको छ।
बिहीबार जारी गरिएको ‘हाउजिङ ल्यान्डस्केप नेभिगेटर २०२४’ अनुसार ओएचकेएफले सरकारको दीर्घकालीन आवास रणनीति (एलटीएचएस) लक्ष्यअनुसार आगामी पाँच वर्षमा १९ हजार एक सय निजी र ३५ हजार सार्वजनिक आवास एकाइ निर्माण पूरा हुने अनुमान गरेको हो।
हालको सार्वजनिक प्रतीक्षा अवधि ५.८ वर्षबाट घटेर आर्थिक वर्ष सन् २०२६/२७ मा ४.५ वर्षमा पुग्ने अनुमान पनि ओएचकेएफको छ।
यस्तै, आगामी १० वर्षमा सरकारको एलटीएचएस लक्ष्य ३३ प्रतिशतले बढ्ने ओएचकेएफको आँकलन छ।
यसका साथै, आवास आपूर्ति सुधार हुँदै गएकोले परिमाण वृद्धिको प्राथमिकताबाट अब गुणस्तर वृद्धिको प्राथमिकतामा सर्ने समय आएको सुझाव ओएचकेएफले दिएको द स्ट्यान्डर्डले जनाएको छ।
Shares
प्रतिक्रिया