हङकङका वृद्ध क्वारेन्टाइनबाट भागे, अदालतमा उपस्थित गराइने

हङकङका वृद्ध क्वारेन्टाइनबाट भागे, अदालतमा उपस्थित गराइने

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १२:५६,

तर उनी मंगलबार डबल डेकर बस चढेर क्वारेन्टाइनको नियम तोड्दै सेनजेन तिर भागेको एससीएमपीले जनाएको छ।

ती वृद्धलाई हङकङ फर्काएर अदालतमा उपस्थित गराइने र कारवाही अगाडि बढाइने हङकङका अधिकारीहरुले बताएका छन्।

यसअघि क्वारेन्टाइनको नियम पालना गरेर घरमै बस्न आदेश पाएका अन्य ६ जना पनि मकाउ भाग्ने प्रयास गरेका थिए। उनीहरुलाई सिमानामै रोकिएको थियो।

यतिबेला सरकारले क्वारेन्टाइनको नियम पालना गर्न आदेश पाएकाको जासुसी गर्नका लागि १ सय ७० वटा स्मार्टफोन खरिद गरेको छ।

यस स्मार्टफोनबाट उनीहरुले क्वारेन्टाइनको नियम पालना गरेको नगरेको पत्ता लाग्ने बताइएको छ।

मंगलबारसम्मको तथ्यांकअनुसार हालसम्म ७३ हजार ४२८ जनामा कोरोनाको संक्रमण देखिएको छ। १८७३ जनाको मृत्यु भइसक्दा हालसम्म १२ हजार ६७७ उपचारपछि स्वस्थ बनेका छन्।

चीनको वुहान शहरबाट फैलन सुरु भएको यस भाइरस २५ भन्दा बढी मूलुकमा देखिएको छ।

हङकङमा कोरोनाबाट संक्रमितको संख्या ६१ पुगेको छ। एकजनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .