हङकङमा सोमबार बिहानै हतियारधारीले लुटे ६ सय ट्वाइलेट पेपर

हङकङमा सोमबार बिहानै हतियारधारीले लुटे ६ सय ट्वाइलेट पेपर

नेपालखबर
फागुन ५, २०७६ सोमबार ८:७,

कोरोनाभाइरस रोगको त्रास फैलिएको बेला हङ्‌कङको एक सुपरमार्केट अगाडिबाट ५० प्याकेटमा रहेका ६ सयवटा ट्वाइलेट पेपर लुटिएको एससीएमपीले जनाएको छ।

मङककको वेलकप स्टोर अगाडिबाट ३ जना नाकाबधारीले हतियार देखाउँदै ट्वाइलेट पेपर वितरकबाट उक्त सामाग्री लुटेका थिए। लुटिएको उक्त ट्वाइलेट पेपर हङकङ डलर १७ सय बराबरका थिए।

 ती व्यक्तिहरुले छुरा देखाउँदै वितरकलाई धम्काएका थिए। प्रहरीे अहिले ३ मध्ये २ जनालाई नियन्त्रणमा लिइसकेको छ।

कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा थुपारेको हुनाले त्यहाँ अहिले त्यसको चरम अभाव छ।

हङ्‍कङका पसलमा ट्वाइलेट पेपर पाउन गाह्रो हुन थालेको र पाइने पसलमा मानिसहरूको ताँती लाग्न थालेको बताइएको छ।

सरकारले आपूर्ति सहज भएको दाबी गरेको भए पनि मानिसहरूले अनावश्यक मात्रामा ट्वाइलेट पेपर थुपार्न छोडेका छैनन्।

A picture circulated online showed stacks of toilet paper in a flat in Hong Kong. Photo: Facebook

यसरी घरमा थन्क्याइएको छ ट्वाइलेट पेपर

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .