सन् २०२४ मा हङकङमा पाँचदेखि आठ पटकसम्म टाइफुन आउन सक्ने हङकङ अब्जर्भेटरीले बताएको छ।
अब्जर्भेटरीले बिहीबार जानकारी गराएअनुसार यस वर्ष पनि पनि वर्षाको मात्रा सामान्य नै हुनेछ। २१ सयदेखि २७ सय मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ।
अब्जर्भेटरीका निर्देशक चान पाकका अनुसार सतहको पानीको तापक्रम, जलवायु मोडल तथा अन्य वस्तुगत सूचक लगायतका कारकलाई ध्यानमा राखेर आगामी जुनदेखि अक्टोबर हङकङमा टाइफुनको मौसम हुने अनुमान गरिएको हो।
सहरको पाँच सय किलोमिटरभित्र आउने यी टाइफुन वर्षभरिमा पाँचदेखि आठ पटकसम्म आउने आँकलन गरिएको निर्देशक चानले बताए।
यसका साथै गम्भीर मौसमको बेला सूचना प्रवाहलाई अझ मजबुत बनाउँदै लैजाने अब्जर्भेटरीको तयारी छ।
‘ब्ल्याक रेन’को चेतावनी संकेत जारी भएपछि जनतालाई नवीनतम मौसमबारे जानकारी दिन प्रत्येक घण्टामा ब्रिफिङ गरिने निर्देशक चानले बताउँछन्। द स्ट्यान्डर्ड
Shares
प्रतिक्रिया