दुईजना कोरोनाबाट निको भएपनि बुधबार हङकङमा कोरोनाबाट संक्रमितको संख्या ५० पुगेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
गतवर्षको डिसेम्बरमा चीनको हुपेइ प्रान्तस्थित वुहान शहरमा पहिलोपटक नयाँ कोरोनाभाइरसको संक्रमण देखिएको थियो।
हङकङले कोरोनाको संक्रमण फैलने त्रासपछि विद्यालयहरु तत्कालका लागि बन्द गरिदिएको छ। त्यहाँ चीन जाने रेल तथा डुंगा सेवा ठप्प पारिएका छन्।
यस्तै दुईबाहेक चीनसँगका सबै नाकाहरु बन्द गरिको छ। चीनबाट हङकङ आउन चाहने सबैले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने नियम पनि लागू गरेको छ।
यद्यपी हङकङमा संक्रमितको संख्या भने बढ्दै गएको छ। हङकङमा एक जनाको कोरोनको संक्रमणबाट मृत्यु भइसकेको छ।
चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार ६ सय ५३ पुगेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। चीनमा मृतकको संख्या एक हजार ११३ पुगेको छ।
चीनबाहिर २ जनाको मृत्यु हुनाको साथै ४ सयभन्दा बढी कोरोनाबाट संक्रमित छन्। विश्वभर यतिबेला कोरोनाको औषधी बनाउने प्रयास भइरहेको छ।
प्रतिक्रिया