हङकङमा आइतबार वानचाइको गन्तव्यमा रहेको स्टार फेरीमा आगो लागेको छ।
‘ट्विङ्कलिङ स्टार’ नाम दिइएको फेरीको चिम्नी स्ट्याकबाट दिउँसो १ बजे धुवाँसहित आगो निस्केको थियो।
घटनास्थलमा एउटा फायरबोट र दुई प्रहरी लन्च तैनाथ भएको स्थानीय सञ्चार माध्यममा उल्लेख छ।
दुर्घटनामा मानवीय क्षतिको कुनै विवरण प्राप्त छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
63
Shares
प्रतिक्रिया