सोमबार दिउँसो हङकङको चुनवान रोडमा एकैचोटि ६ वटा गाडी दुर्घटनामा परेका छन्।
दिउँसो पौने २ बजे चुनवान रोडको मोडमा ट्रकले नियन्त्रण गुमाउन पुग्दा अन्य ५ वटा गाडी समेत दुर्घटनामा परेका हुन्।
चुनवानबाट क्वाइचिङतर्फ मोडिन खोजेको ट्रकले नियन्त्रण गुमायो र चालकले दायाँतर्फ मोड्दा सडक डिभाइडरमा ठोकिएर अर्को गाडीमाथि पल्टिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
बायाँतर्फ आधा ढल्केको ट्रक पानी आपूर्ति विभाग (वाटर सप्लाइ डिपार्टमेन्ट–डब्लूएसडी) को सेभेन सिटरमाथि चढेको थियो।
सेभेन सिटरमा ठोकिएर पनि ट्रक रोकिएन र ट्याक्सीमा गएर ठोकियो। त्यसपछि अरू गाडी पनि क्रमशः ठोकिए।
दुर्घटनामा परेका अन्य सवारी साधनमा एउटा भ्यान, एउटा सेडान र अर्को कन्टेनर ट्रेलर रहेका छन्।
दुर्घटनाका कारण डब्लूएसडीको गाडीमा रहेका तीन जना कर्मचारी घाइते भएको समाचारमा उल्लेख छ।
दुर्घटनाका कारण चुनवान रोडको काउलुनतर्फ जाने मार्ग र क्वाइचिङ रोडको चिङ यितर्फ जाने मार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
Shares
प्रतिक्रिया