मंगलबार बिहान हङकङको सहरी क्षेत्रको तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ।
अब्जर्भेटरीले दिएको जानकारी अनुसार आज बिहानको तापक्रम यो हिउँदकै सबैभन्दा चिसो हो।
सहरी क्षेत्रको तापक्रम ६ डिग्री रहेको बताएको अब्जर्भेटरीले न्यु टेरिटोरिजमा २ देखि ३ डिग्रीसम्म घटेको र ताइमो सानमा माइनसमा पुगेको बताएको छ।
बिहान ताइमो सानको तापक्रम माइनस २.४ डिग्री सेल्सियस पुगेको छ।
यसैगरी, ताइलो सान, गङपिङको तापक्रम क्रमश ०.९ र ०.७ डिग्री मापन गरिएको छ।
अब्जर्भेटरीले भोलि (बुधबार) बिहानको तापक्रम निकै चिसो रहने पनि जनाएको छ।
साथै, बिहीबार र शुक्रबार बिहान पनि चिसो हुने हुँदा न्याना कपडा लगाउन अब्जर्भेटरीले सबैलाई अनुरोध गरेको छ।
48
Shares
प्रतिक्रिया