हङकङका विभिन्न पसलबाट चोरी गरिरहेको अवस्थामा एक जना युवक पक्राउ परेका छन्।
शुक्रबार दिउँसो क्वाइचुङ स्टेटमा प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको हो।
अभियुक्तको साथबाट प्रहरीले रेड वाइनका दुई वटा बोतल, दुई एयर फ्रेसनर, एउटा फोन केबल लगायत बरामद गरेको छ।
उनीबाट बरामद भएको सामानको मूल्य लगभग १७ सय हङकङ डलर रहेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ।
पक्राउ परेका ३९ वर्षीय युवकलाई थप अनुसन्धानका लागि क्वाइचिङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ। हाल उनी हिरासतमा छन्।
177
Shares
प्रतिक्रिया