हङकङका प्रमुख कार्यकारी जोन लीले रेल सेवाले जोडिएका चेकपोस्ट सञ्चालनको समय विस्तार गर्न र २४ सै घण्टा खुल्ने सीमानाकाको संख्या बढाउन मुख्यभूमिका अधिकारीसँग वार्ता भइरहेको बताएका छन्।
साप्ताहिक कार्यकारी परिषद्को बैठकअघि मंगलबार पत्रकारसँग कुरा गर्दै उनले वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताए।
कुराकानीका क्रममा उनले एसएआर सरकारले दुवै ठाउँका बासिन्दाको एकीकरणलाई ठूलो महत्त्व दिएको र छिट्टै यस सम्बन्धमा विस्तृत विवरण घोषणा हुने आशा व्यक्त गरेको स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।
उनले भने कि एसएआरमा थप आगन्तुकलाई अनुमति दिनेबारे पनि वार्ता भइरहेको छ। जसमा, सेन्जेनवासीका लागि बहु-प्रवेश (मल्टिपल इन्ट्री) भिसा योजना पुनः सुरु गर्ने सम्बन्धमा पनि चर्चा भइरहेको छ।
यद्यपि, योजना कहिलेदेखि सुचारु हुन्छ भन्नेबारेमा चाहिँ प्रमुख लीले बताएनन्।
सन् २०१९ मा सेन्जेनवासीलाई एक वर्षसम्म प्रयोग गर्न पाउने गरी हङकङको मल्टिपल-इन्ट्री भिसा दिन सुरुआत गरिएको थियो।
तर, सहरमा मुख्यभूमिका पर्यटक मात्र धेरै भएको गुनासोपछि सन् २०१५ मा यसलाई हप्तामा एक पटक मात्र भ्रमण अनुमति दिने गरी प्रतिस्थापन गरिएको थियो।
अहिले फेरि पुरानै स्थितिमा फर्काउने गरी बहस भइरहेको हो।
Shares
प्रतिक्रिया