मंगलबार हङकङको क्वुनतोङमा ट्रकको ठक्करबाट घाइते भएकी गर्भवती महिलाको दुई दिनपछि मृत्यु भएको छ।
दुर्घटनाबाट गम्भीर घाइते उनको कोङवा हस्पिटलमा उपचार भएको थियो। उनको बिहीबार बिहान साढे ११ बजे अस्पतालले मृत घोषित गरेको स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।
३१ वर्षीया गर्भवती महिलाको बिहान पौने ११ बजे मुटुको धड्कन बन्द भएको थियो। डाक्टरहरूले कार्डियक एजेन्ट दिएर बचाउने कोसिस गरे पनि सफल हुन सकेनन्।
मंगलबार दिउँसो करिब सवा ३ बजे होइवन रोडबाट चुनयिप स्ट्रिटतर्फ मोडिँदै गरेको ट्रकले उनलाई ठक्कर दिएको थियो। ट्रकलाई लेउङ उपनामका ५९ वर्षीय पुरुषले हाँकेका थिए।
टाउकोमा गहिरो चोट लागेकी उनको कोङवा हस्पिटलमा उपचार भएको थियो।
105
Shares
प्रतिक्रिया