हङकङमा अस्पतालका आकस्मिक कक्षको सेवाशुल्क बढाउने प्रस्तावबारे प्रमुख कार्यकारी जोन लीले समीक्षा गर्नुपर्ने प्रतिक्रिया दिएका छन्।
मंगलबार बिहान प्रेसलाई सम्बोधन गर्दै हङकङका प्रमुख कार्यकारी लीले सार्वजनिक सेवाको शुल्कमा परिवर्तन गर्दा आर्थिक रूपमा कमजोर समुदायलाई असर पर्ने भन्दै यसमा ध्यान दिनुपर्ने बताएका हुन्।
सम्बोधनका क्रममा प्रमुख लीले अस्पतालका आपतकालीन कक्षका सेवा उपयुक्त रूपमा प्रयोग भइरहेको छ कि छैन भनेर सुनिश्चित गर्न जाँच भइरहेको पनि बताएका छन्।
यदि दुरुपयोग भइरहेको छ भने यसलाई रोक्नेगरी अघि बढ्ने उनले बताए।
‘आकस्मिक सेवाको दुरुपयोग रोक्न सम्बन्धित विभाग र समग्र स्वास्थ्य सेवाको समीक्षा गरिनेछ,’ प्रमुख कार्यकारी लीको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा लेखिएको छ।
30
Shares
प्रतिक्रिया