क्रिसमसको पूर्वसन्ध्यामा हङकङको तापक्रम निरन्तर ओरालो लाग्दै गइरहेको छ।
आइतबार बिहान सबैभन्दा कम ताकु लिङको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियसमा पुगेको छ भने त्यसपछि गोङपिङको तापक्रम ३.३ डिग्री सेल्सियस रहेको छ।
हङकङ अब्जर्भेटरीका अनुसार आइतबार दिउँसो भने हङकङको मौसम सफा र सुक्खा रहनेछ भने राति चिसो हुनेछ।
त्यस्तै, क्रिसमसको दिन मौसम अझै चिसो रहने मौसमविद्ले बताएका छन्।
चिसो बढ्दै गइरहेकोले न्याना कपडा लगाउन, घरभित्र बस्दा पनि तातो भएर बस्न र चिसो हावाको सम्पर्कमा धेरैबेर रहन नागरिकलाई सचेत गराइएको छ।
33
Shares
प्रतिक्रिया