हङकङमा एमटीआरले ल्यायो ‘कन्ट्याक्टलेस’ भुक्तानी सेवा

हङकङमा एमटीआरले ल्यायो ‘कन्ट्याक्टलेस’ भुक्तानी सेवा

कन्ट्याक्टलेस भुक्तानी गर्ने तरिका बारे जानकारी दिइँदै (द स्ट्यान्डर्ड)


नेपालखबर
मंसिर २८, २०८० बिहिबार १६:५३, हङकङ

हङकङको मास ट्रान्जिट रेलवे (एमटीआर)ले भुक्तानी प्रणालीमा नयाँ प्रविधि भित्र्याएको छ।

एमटीआर कर्पोरेट लिमिटेडका निर्देशक जेनी युङको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम द स्ट्यान्डर्डमा उल्लेख भएअनुसार २३ डिसेम्बरदेखि कन्ट्याक्टलेस क्रेडिट कार्ड वा ई-भुक्तानीमार्फत एमटीआरको भाडा भुक्तानी गर्न सकिनेछ।

सुरुआतमा बढी पर्यटकको आवागमन हुने चिमसा चोइ, सेन्ट्रल, एडमिरल्टी र प्रदर्शनी केन्द्रमा यो सुविधा उपलब्ध हुनेछ। यी स्टेसनमा दुई/दुईवटा टिकट काउन्टर रहनेछन्। यी काउन्टर प्रवेश गर्ने र बाहिरिने गेटमा हुनेछन्।

यी काउन्टरको सजिलै पहिचानका लागि हल्का नीलो रङले बेरिने एमटीआर सेवाले जनाएको छ।

२३ डिसेम्बरबाट लागू हुने यो योजनामा  सार्वजनिक यातायात भाडा सब्सिडी योजना, वृद्धवृद्धाको लागि सार्वजनिक यातायात भाडा सहुलियत योजना लगायतका सुहलियत टिकटहरू समावेश हुने छैनन्।

कन्ट्याक्टलेस भुक्तानी सेवाको जानकारी दिइँदै

निर्देशक युङका अनुसार कन्ट्याक्टलेस भुक्तानी सेवाको सुरुआतको उद्देश्य विदेशी पर्यटकका लागि यात्रा सहज बनाउनु हो।

कन्ट्याक्टलेस बैंक कार्ड वा मोबाइलबाट ई-भुक्तानी सेवाको सुरुआतसँगै एमटीआरले अब अक्टोपस, क्यूआर कोड र एकल यात्रा स्मार्ट टिकटसहितका भुक्तानीका विविधि विकल्पलाई पनि लागू गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सन् २०२४ को तेस्रो त्रैमासिकसम्ममा क्रेडिट कार्ड भुक्तानी काउन्टर थप्ने योजना रहेको छ। प्रत्येक स्टेसनका प्रत्येक निकासीमा दुई वटा टिकट गेट उपलब्ध गराउने कम्पनीले लक्ष्य राखेको हो।

यसका साथै सन् २०२८ सम्ममा कन्ट्याक्टलेस कार्ड भुक्तानी प्रदान गर्ने सबै स्टेसनमा करिब एक तिहाइ टिकट गेट उपलब्ध गराउने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .