ताइपोमा आइतबार भएको सवारी दुर्घटनामा कारबाट बाहिर हुत्तिएका सात महिने शिशुको अवस्था गम्भीर रहेको स्थानीय अखबारले जनाएकाे छ।
आइतबार दिउँसो करिब पौने तीन बजे क्लासिकल गार्डेन नजिकै टोलो राजमार्गमा गुडरहेको कार डिभाइडरमा ठोकिँदा दुर्घटना भएको थियो। दुर्घटनामा सात महिने बालकसहित पाँच जना घाइते भएका थिए।
५३ वर्षीय पुरुष हाँकिरहेको गाडी डिभाइडरमा ठोकिएपछि कारभित्र रहेकामध्ये विदेशी घरेलु कामदार र सात महिनाको शिशु बाहिर हुत्तिएका थिए।
अखबरमा उल्लेख भएअनुसार छातीमा चोट लागेर अस्पताल भर्ना गरिएका शिशुको अवस्था अहिले गम्भीर छ। उनलाई प्रिन्स अफ वेल्स अस्पताल भर्ना गरिएको थियो।
खतरनाक ड्राइभिङले गम्भीर शारीरिक हानि पुर्याएको आरोपमा प्रहरीले चालकलाई पक्राउ गरेको थियो। हाल उनी जमानतमा रिहा भएका छन्। उनलाई जनवरीको सुरुमा प्रहरीसमक्ष उपस्थित हुने सर्तमा रिहा गरिएको हो।
Shares
प्रतिक्रिया