बहुचर्चित औषधि कम्पनी एस्ट्राजेनेकाले हङकङमा सेवा विस्तार गर्ने

बहुचर्चित औषधि कम्पनी एस्ट्राजेनेकाले हङकङमा सेवा विस्तार गर्ने

तस्बिर : एससीएमपी


नेपालखबर
मंसिर ८, २०८० शुक्रबार १९:४१, हङकङ

बहुचर्चित औषधि कम्पनी एस्ट्राजेनेकाले हङकङमा आर एन्ड डी सेन्टर खोल्ने भएको छ।

सेल र जीन थेरापीमा केन्द्रित रहने सेन्टर सन् २०२४ को अन्त्यसम्म स्थापना हुने कम्पनीले जनाएको हो।

सेन्टर खुलेसँग आगामी पाँच वर्षभित्रमा अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत जनशक्तिको संख्या एक सय पुर्‍याउने लक्ष्य कम्पनीले राखेको छ।

कम्पनीको नयाँ केन्द्र मुख्यभूमि चीनको सिमाना नजिक लोकमा चाउ लुपमा रहनेछ।

स्थानीय अखबार एससीएमपीका अनुसार आर एन्ड डी सेन्टर, इन्क्युबेटर प्लेटफर्म, हङकङ आईक्याम्पस स्थापनाको सन्दर्भमा शुक्रबार सरकारी मुख्यालयमा भएको एक समारोहमा यस्तो जानकारी दिइएको हो।

एस्ट्राजेनेका चीनका अध्यक्ष लियोन वाङ लेइले सेन्टर सेल र जीन थेरापीसँग सम्बन्धित अनुसन्धानमा केन्द्रित हुने बताए।

‘सेन्टरले अटोम्युन, अन्कोलोजी र दुर्लभ रोगहरूलाई समेट्नेछ,’ इन्क्युबेटर प्लेटफर्मको अन्तर्राष्ट्रिय क्षेत्रका कार्यकारी उपाध्यक्ष समेत रहेका वाङले भने, ‘धेरै क्लिनिकल परीक्षण हङकङमा पनि विस्तार गरिनेछ।’

मुख्यभूमि चीनसहित विश्वका तीसभन्दा बढी देशमा कार्यालय रहेको एस्ट्राजेनेकाले पछिल्लो समय हङकङमा ३० बिलियन हङकङ डलर लगानी गर्ने वाचा गरेको थियो।

चीनको बजारका साथै विदेशमा समेत निर्यातको उद्देश्यसहित मुख्यभूमिमा विकसित औषधिको हङकङमा क्लिनिकल अनुसन्धान गर्न सकिने गरी हङकङमा सेन्टर स्थापना गर्न लागिएको हो।

कम्पनीले हङकङमा सेन्टर खोल्ने तयारी गरेसँगै यस क्षेत्रका विज्ञले यसको सदुपयोग गर्दै सहरमा थप अनुसन्धान गर्न सकिने आशा व्यक्त गरेका छन्।

हङकङको चाइनिज युनिभर्सिटी अफ क्लिनिकल अन्कोलोजी विभागका अध्यक्ष प्रोफेसर टोनी मोकले यस्तो सेन्टर स्थापना गर्दा थप प्रकारका अनुसन्धान पनि गर्न सकिनेमा आशा व्यक्त गरेका हुन्।

हङकङका आर्थिक सचिव पल चानले शुक्रबारको समारोहले हङकङलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रविधिको विकास, प्रतिभाको स्तरोन्नति, अन्तर्राष्ट्रिय वित्त संकलन, सरकारी नीतिमा सहयोग लगायतको फाइदा पुग्नेमा उनी आशावादी देखिएका हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .