हङकङको सन्नी बेमा मंगलबार बिहान दुई वटा डुङ्गा एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।
बिहान करिब ९ बजे भिन्सेन्ट ट्रान्सपोर्टेसन एण्ड टोवेज कम्पनी लिमिटेडको डुङ्गा र अर्को एक डुङ्गा लान्ताउ टापुमा ठोकिएका हुन्।
दुर्घटनामा भिन्सेन्ट डुङ्गामा सवार चाउ नामका ६४ वर्षीय पुरुषको गम्भीर भए। उनलाई छातीमा चोट लागेको थियो।
दुर्घटना भएको एक घण्टापछि भिन्सेन्ट डुङ्गा पार्क आइल्याण्ड फेरि पियरमा पुगेपछि अचेत अवस्थामा रहेका चाउलाई उद्धार गरिएको थियो।
उद्धार गरी उनलाई यानचाइ अस्पताल लगिएको थियो। अस्पतालले दिउँसो साढे दुई बजे मृत घोषित गर्यो।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
129
Shares
प्रतिक्रिया