हङकङ : याउमा तेइमा लुटिए युवक

हङकङ : याउमा तेइमा लुटिए युवक

याउमा तेइस्थित गेस्ट हाउसमा छिरेर लुटपाट गरिएको थियो (द स्ट्याण्डर्ड)


नेपालखबर
मंसिर ४, २०८० सोमबार १७:३१, हङकङ

सोमबार बिहान हङकङको याउमा तेइमा एक युवक लुटिएका छन्।

बिहान करिब ९ बजे तीन जना व्यक्ति गेस्ट हाउसभित्र छिरेर लुटपाट मच्चाएका हुन्।

उनीहरूले १५० हङकङ डलर लुटेका छन्।

लुटपाटका क्रममा झडप हुँदा लुटिने ३४ वर्षीय युवक घाइते भएका छन्।

उनको टाउको र हातमा चोट लागेको छ।

लुटपाट भएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले घाइतेलाई अस्पताल पठाइएको र डकैतीको बारेमा जाँचबुझ भइरहेको जनाएको छ।

याउचिम जिल्लाका अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .