समुन्द्री आँधीका बेला उच्च टाइफुन संकेत घोषणा गर्दा लागू हुने समय र घोषणाबीच पर्याप्त समय हुनुपर्ने सांसदहरूले हङकङ सरकारलाई सुझाव दिएका छन्।
गत महिना टाइफुन कोइनुको समयमा एमटीआरले टी९ संकेतका कारण आफ्ना सेवा निलम्बन गरेपछि अब्जर्भेटरीले दिएको अग्रिम सूचना निकै छोटो भएको भनी सांसदहरूले आवाज उठाएका हुन्।
त्यतिबेला अब्जेर्भेटरीले दिएको समय निकै छोटो भएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन्।
एमटीआरमा सबैभन्दा लामो रेल यात्रा चुनमा लाइनको लागि छ।
चुनमुनदेखि वुकाइ सासम्मको यात्रा नै लगभग ७५ मिनेटको भएकोले संकेत घोषणा र लागूको समयावधि यो भन्दा छोटो हुन नहुने सांसद माइकल छिन पुकसुनले बताए।
सांसदहरूसँग गरिएको राउण्ड टेबलमा उनले यस्तो प्रस्ताव राखेका हुन्।
टी९ संकेत लागू हुनुअघि सर्वसाधारणलाई घर फर्कन पर्याप्त समय दिनुपर्ने उनको तर्क छ।
भविष्यमा टी८ संकेतबाट टी९ संकेत जारी गर्दा ७५ मिनेटभन्दा लामो समय दिनुपर्नेमा अन्य सांसदले पनि जोड दिएका छन्। जसबाट उच्च संकेत घोषणा भएपश्चात् रेलले आफ्नो पूर्ण यात्रा तय गर्न सकोस्।
सांसदहरूको यो सुझावको प्रतिक्रिया दिने क्रममा वातावरण तथा पारिस्थितिकी प्रमुख चेछिन वानले ७५ मिनेट कुनै तोकिएको समय नभएको बताएका छन्।
टाइफुनको बाटो र हावाको शक्तिको आँकलन गरी टाइफुनको संकेत बढाउनुपर्ने भएको हुँदा तात्कालीन परिस्थितिलाई मध्यनजर गरेर समय निर्धारण हुने उनले स्पष्टीकरण दिएका छन्।
Shares
प्रतिक्रिया