जापानबाट हङकङ ल्याइएको माछामा फेरि भेटियो अखाद्य वस्तु, आयातकर्तालाई मुद्दा लाग्न सक्ने

जापानबाट हङकङ ल्याइएको माछामा फेरि भेटियो अखाद्य वस्तु, आयातकर्तालाई मुद्दा लाग्न सक्ने

नेपालखबर
असोज ३, २०८० बुधबार १८:३१, हङकङ

हङकङको सेन्टर फुड सेफ्टी (सीएफएस)ले जापानबाट आयात गरिएको खाद्यान्नमा अखाद्य वस्तु भेटिएको जनाएको छ।

बुधबार सीएफएसले गरेको परीक्षणमा जापानबाट आयात गरिएको सिब्रेम फिलेटमा अखाद्य वस्तु फेला परेको हो।

हङकङमा यसअघि नै जापानका दश महानगर/प्रिफेक्चरबाट उत्पादन हुने जलीय उत्पादनहरूलाई आयात गर्न निषेध गरिसकिएको छ। यस वर्षको २४ अगस्टपछि प्याक गरिएका त्यस्ता जलीय उत्पादनलाई हङकङ ल्याउन प्रतिबन्ध गरिएको हो।

जापानको टोकियो, फुकुसिमा, चिबा, तोचिगी, इबाराकी, गुन्मा, मियागी, निगाता, नागानो र साइतामा बनेर आएका त्यस्ता जलीय उत्पादनलाई हङकङ आयात गर्न निषेध गरिएको हो।

यद्यपि, पछिल्लो समय सिब्रेम फिलेटमा भेटिएको अखाद्य वस्तु जापानको टोकियोमा निर्माण भएको आशंका गरिएको छ।

सीएफएसले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ। यो मुद्दा जापानी अधिकारीहरूसमक्ष जानकारी गराउने तथा आवश्यक परेमा आयातकर्तालाई मुद्दा हाल्ने लगायतका तयारी सीएफएसको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .