हङकङको चिङमा पुलमा नौ मिनेटको अन्तरमा चार वटा दुर्घटना

पछिल्लो दुर्घटनामा एकैपटक पाँच सवारीसाधन ठोकिए, चार जना घाइते
हङकङको चिङमा पुलमा नौ मिनेटको अन्तरमा चार वटा दुर्घटना

तस्बिर : द स्ट्याण्डर्ड


नेपालखबर
असोज १, २०८० सोमबार १३:१९, हङकङ

हङकङको चिङ यी र मावान जोड्ने चिङमा पुलमा सोमबार बिहान एकै पटक पाँच वटा सवारी साधन एकापसमा ठोकिएका छन्।

बिहान करिब सवा ८ बजे उक्त पुलमा तीन वटा सेडान र दुई वटा ट्याक्सी एकापसमा ठोकिएका हुन्।

उक्त दुर्घटनामा चार जना घाइते भएका छन्। उनीहरूलाई सामान्य चोटपटक लागेको छ।

त्यस्तै, यो पुलमा नौ मिनेटको अन्तरालमा चार वटा दुर्घटना भएका छन्।

पछिल्लो दुर्घटना हुनुभन्दा पाँच मिनेटअघिको दुर्घटनामा एउटा ट्याक्सी र दुई वटा सेडान एकापसमा ठोकिए। यही समय सोही स्थानमा अर्को एउटा ट्याक्सी र एउटा सेडान पनि एकापसमा ठोकिएका थिए। दुर्घटनामा कसैलाई पनि चोटपटक नलागेको खबर छ।

यसैगरी पछिल्लो दुर्घटनाको नौ मिनेटअघि पनि उक्त पुलमा हल्का ट्रक, ट्याक्सी र सेडान एकापसमा ठोकिाएका थिए।

एकै स्थानमा लगातार दुर्घटना हुनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

दुर्घटनाका कारण सहरलाई एयरपाेर्टसँग जोड्ने मुख्य सडकमा सवारी आवागमन बन्द गरिएको थियो। चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्ने सल्लाह दिनुका साथै तुङचुङ र एयरपोर्ट वरपरका क्षेत्रमा जानका लागि एमटीआर जस्ता सार्वजनिक यातायातका साधन प्रयोग गर्न सल्लाह दिइएको थियो।

यद्यपि, हङकङ समय साढे ११ बजेपछि भने उक्त सडकखण्ड पूर्ण रूपमा खुला भइसकेको यातायात विभागले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .