हङकङमा जब एक महिलाले बालकको घाँटी समातेर झुन्ड्याउँदै सडक पार गराइन्

बढ्दै बालदुर्व्यवहारका घटना
हङकङमा जब एक महिलाले बालकको घाँटी समातेर झुन्ड्याउँदै सडक पार गराइन्

तस्बिर : ह्यान्डआउट/एससीएमपी


नेपालखबर
भदौ २७, २०८० बुधबार १६:२९, हङकङ

एक महिलाले स्कूले बालकलाई घाँटीमा समातेर झुन्ड्याउँदै सडक पार गराइरहेको दृश्यले म‌ंगलबार दिउँसो हङकङमा तरङ्ग सृजना गर्‍यो।

हङकङको कजवे बेस्थित किङ्स रोडको चिनहाउ एमटीआर स्टेशन बाहिर भएको उक्त घटना अस्वाभाविक देखिन्थ्यो।

भिडिओमा महिलाले घाँटी समातेर झुन्ड्याउँदै सडक पार गराइरहेकी थिइन् भने बालक फुत्किन जोड गरिरहेको देख्न सकिन्छ।

यस्तो दृश्य देखेपछि सडकमै हिँडिरहेकी अर्की महिलाले नजिक पुगेर गुनासो गरेको थिइन्। तर, झुन्ड्याउने महिलाले ‘स्कूल जान नमानेको’ जवाफ दिन्छिन्।

तर गुनासाे गर्ने महिला यत्तिमै रोकिन्नन्। उनी यस्तो हर्कतप्रति कडा रूपमा प्रतिवादमा उत्रिन्छिन्। दुर्व्यवहार गर्ने महिला उनलाई बेवास्ता गर्दै बाटो लाग्छिन्। गुनासो गर्ने महिला आफूले खिचेको भिडिओ पोेस्ट गर्ने चेतावनी दिन्छिन्।

स्कूलको झोला बोकेर बालकलाई झुन्ड्याउँदै सडक पार गर्ने ती महिला घरेलु कामदार भएको बुझिएको छ।

हेर्नुस् भिडिओ-

अर्को यस्तै घटनामा ६ वर्षीय नातिलाई दुर्व्यवहार गरेको आरोपमा ६६ वर्षीय वृद्धलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

ती वृद्धले नातिलाई खतरापूर्ण तरिकाले घरको बाल्कोनीमा झुन्ड्याएका थिए भने बच्चा डरले चिच्याइरहेको भिडिओ बाहिरिएको थियो।

प्रहरीले घटना आइतबार राति साढे आठ बजेतिर भएको बताएको छ। साइकुङको ताइमोङ चाइ रोडस्थित शाकोक मेइ गाउँमा उक्त घटना भएको हो।

पक्राउ परेका वृद्धलाई प्रहरीले बच्चालाई बेवास्ता तथा दुर्व्यवहार गरेको आरोपमा हिरासतमा लिएको छ। यस्तो आरोप अपराध पुष्टि भएमा १० वर्षसम्म जेल सजाय हुनसक्ने कानुनी प्रावधान छ।

घटनासँग सम्बन्धित स्रोतका अनुसार बालकले सिसा फुटाएपछि वृद्धले उनलाई त्यस्तो सजाय दिएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .