हङकङ आँधी अपडेट : ३ जना घाइते, २९ रुख ढले

चेतावनी संकेत टी९ घोषणा
हङकङ आँधी अपडेट : ३ जना घाइते, २९ रुख ढले

जोखिमयुक्त तटीय क्षेत्रको निरीक्षण गर्दै सरकारी अधिकारी। तस्बिर : एससीएमपी


नेपालखबर
भदौ १५, २०८० शुक्रबार १७:५५, हङकङ

यतिखेर हङकङ सुपर टाइफुन साओलाका कारण आतंकित छ।

शुक्रबार बिहानदेखि लागू भएको टी८ संकेतलाई अपग्रेड गरेर टी९ घोषणा गरिएको छ।

बेलुका ६ बजेसम्मको अपडेट अनुसार आँधीका कारण तीन जना घाइते भएका छन्। आँधीले २९ रुख ढलेका छन् भने ३३१ जना सुरक्षित आश्रयस्थलमा स्थानान्तरण भएका छन्।

बिग्रँदै गएको मौसमी अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयले सहरका विभिन्न जिल्लामा गरी ३९ वटा अस्थायी आश्रयस्थल स्थापना गरेको छ।

आँधीका कारण विभिन्न ठाउँमा बाढी आएको छ। स्रोतका अनुसार साँझसम्म सात वटा बाढीका घटना पुष्टि भएका छन्।

साउथ चाइना मर्निङ पोस्टमा राखिएको सुपर टाइफुन साओलाको प्रभाव (भिडिओ)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .