सुपर टाइफुन साओलाको प्रभाव : विद्यालय र बजार बन्द, ठप्पजस्तै छ हङकङ

सुपर टाइफुन साओलाको प्रभाव : विद्यालय र बजार बन्द, ठप्पजस्तै छ हङकङ

टी८ चेतावनीबीच मानिसहरू फाट्टफुट्ट निस्किरहेका देखिन्छन्। केनेडी टाउनको बेल्चर बे प्रोमेनेडका बासिन्दा। तस्बिर : एससीएमपी


नेपालखबर
भदौ १५, २०८० शुक्रबार १२:२५, हङकङ

समुन्द्री आँधी साओलाका कारण हङकङ प्रशासनले शुक्रबार बिहान टी८ संकेत जारी गरिसकेको छ।

यो सँगै हङकङको जनजीवन प्रभावित भएको छ।

शुक्रबार बिहान टी८ संकेत जारी गरिने घोषणा प्रशासनले बिहीबारै गरेको थियो। जसका कारण मानिसहरू खाद्यान्न किन्न बजार निस्किएका थिए।

बिहीबार साँझ खाद्यान्न किन्न मानिसहरूको भीड लागेको थियो। यतिसम्म कि बिहीबार साँझ पर्दा नपर्दै अधिकांश तरकारी बजार खाली भइसकेका थिए।

बजारको स्थितिबारे मानिसहरू सामाजिक सञ्जालमार्फत पनि प्रतिक्रिया जनाइरहेका थिए।

किनमेल सकेर घर फर्किएका एक हङकङवासी नेपालीले ‘महँगोमा तरकारी किनेर आइयो’ भनेर सामाजिक सञ्जालमा लेखिरहेका देखिन्थे।

शुक्रबार बिहानदेखि जारी टी८ संकेत जारी नै छ भने यो अझै बढ्न सक्ने बताइएको छ। टी८ चेतावनीका कारण व्यस्त रहने हङकङका सडकमा फाट्टफुट्ट मात्रै गाडी कुँदेको देख्न सकिन्छ भने पसलहरू पनि साह्रै थोरै संख्यामा मात्र खुलेका छन्।

सामाजिक सञ्जालमा राखिएको यो भिडिओबाट पनि व्यस्त हङकङको ठप्प स्वरुप देख्न सकिन्छ।

आज कस्तो छ हङकङको जनजीवन? केही मुख्य कुरा बुँदागत रूपमा–

  • आकस्मिक र दुर्घटना लगायत विशेष सेवाबाहेक अस्पतालका अरू सेवा बन्द छन्।
  • कम्तीमा ३६६ उडान रद्द भएका छन् भने ४० वटा डिले भएका छन्।
  • हङकङको पश्चिम काउलुनदेखि मुख्यभूमि चीन जाने उच्च गतिको रेल लिंक सेवा शनिबारसम्मको लागि रद्द गरिएको छ।
  • सबै एमटीआर लाइनहरू १० देखि २० मिनेटको अन्तरालमा सञ्चालन भइरहेका छन्। यदि मौसम थप बिग्रियो वा उच्च चेतावनी संकेत जारी भयो भने पूर्व सूचनाविना यो सेवा पनि थप बन्द हुने सक्नेछ।
  • धेरैजसो बस सेवा बन्द छन् भने ‘फेरी’ सेवा पनि बन्द छ।
  • सबै किसिमका शिक्षालयहरू बन्द छन्।
  • हङकङ डिज्नील्याण्ड, ओसियन पार्क र वेटल्यान्ड पार्क बन्द छन्।
  • बाल हेरचाह, वृद्ध सेवा तथा पुर्नस्थापना केन्द्रहरू बन्द छन्।
  • अदालतको सुनुवाई तथा न्यायाधीकरण सेवा पनि बन्द छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .