माइक्रोसफ्टले हङकङका विश्वविद्यालयमा ओपनएआई प्रविधि भित्र्याउने

माइक्रोसफ्टले हङकङका विश्वविद्यालयमा ओपनएआई प्रविधि भित्र्याउने

युनिभर्सिटी अफ हङकङ। तस्बिरहरू : एससीएमपी


नेपालखबर
भदौ १२, २०८० मंगलबार १९:६, हङकङ

माइक्रोसफ्ट कर्पोरेसनको सहकार्यमा आगामी शैक्षिक सत्रदेखि हङकङका आठ विश्वविद्यालयमा ओपनएआईको पढाइ हुने भएको छ।

जसबाट यी विश्वविद्यालयका विद्यार्थीले च्याटजीपीटी र डेल–ईमा प्रत्यक्ष पहुँच राख्नेछन्।

अत्याधुनिक प्रविधिको साथमा शिक्षालाई रूपान्तरण गर्ने माइक्रोसफ्टको प्रयासस्वरुप उसले आफ्नो नवीनतम प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई हङकङका विश्वविद्यालयहरूसँग साझेदारी गर्न लागेको जनाएको छ।

कम्पनीले क्याम्पसहरूमा एआईको प्रयोगलाई प्रोत्साहित गर्न कार्यशालाहरूको शृङ्खला चलाउनेछ।

‘हङकङका विश्वविद्यालयहरूसँगको हाम्रो सहकार्यले अजुर ओपनएआई (Azure OpenAI) द्वारा प्रविधिलाई शिक्षाको अग्रभागमा पुर्‍याउने लक्ष्य राखेको छ,’ माइक्रोसफ्ट हङकङका महाप्रबन्धक काली चानले मंगलबार विज्ञप्तिमा भनेका छन्, ‘प्रविधिको प्रयोगले शैक्षिक अनुभवलाई आधुनिकीकरण गर्न सक्छ।’

अजुर माइक्रोसफ्टको सार्वजनिक क्लाउड कम्प्युटिङ प्लेटफर्म हो। यस सेवाले प्रयोगकर्तालाई ओपन एआईको शीर्ष फिचर्स च्याटजीपीटी र डेल–ईसँग साक्षत्कार गराउँछ। जसको मद्दतबाट विद्यार्थीले लेखन, डिजाइन, कोडिङ तथा अन्य शैक्षिक गतिविधि सहजतापूर्वक गर्न सक्दछन्।

 हङकङको एक विद्यालयको कक्षामा भइरहेको च्याटजीपीटीसम्बन्धी पढाई।

माइक्रोसफ्टले सहकार्य गर्ने हङकङका आठ विश्वविद्यालयहरूमा युनिभर्सिटी अफ हङकङ (एचकेयू), चाइनिज युनिभर्सिटी (सीयूएचके), पोलिटेक्निक युनिभर्सिटी, सिटी युनिभर्सिटी, बाप्टिस्ट युनिभर्सिटी, हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, लिङनान युनिभर्सिटी र एजुकेसन युनिभर्सिटी अफ हङकङ हुन्।

हाल हङकङमा ओपनएआईको च्याटजीपीटी र गुगल बार्ड जस्ता लोकप्रिय फिचर्सहरू प्रत्यक्ष उपलब्ध छैनन्। यसलाई तेस्रो पक्ष प्लेटफर्म अर्थात् भर्चुअल नेटवर्कबाट मात्रै प्रयोग गर्न सकिन्छ।

माइक्रोसफ्टसँगको सहकार्यपछि विश्वविद्यालयहरूलाई डेटा सुरक्षाका साथ निजी नेटवर्किङ, क्षेत्रीय पहुँच र एआई कन्टेन्ट फिल्टरिङसहित उपलब्ध हुने कम्पनीले जनाएको छ।

गत वर्ष माइक्रोसफ्ट समर्थित ओपनएआईले च्याटजीपीटी प्रयोगमा ल्याएसँगै हङकङका धेरै विश्वविद्यालयले बौद्धिक चोरीबाट बच्न एआई प्रयोगको विरुद्ध नीतिहरू अपनाएका थिए।

यद्यपि, कतिपय विद्यालयले भने यो नयाँ प्रविधिलाई कक्षाकोठामा पढाई गर्दै आइरहेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .