प्रहरीकै जति तलब आफूलाई हुनुपर्ने भन्दै यी सरकारी निकायका कर्मचारीले विरोध जनाएको एससीएमपीले जनाएको छ।
भन्सारका कर्मचारीले प्रहरीलाई दिने तलब आफ्नो भन्दा धेरै भएकाले आफूहरुले हेपिएको महशुस गरेको कर्मचारीहरुको भनाइ छ।
सार्वजनिक सेवाहरु सम्बन्धी विधान परिषद प्यानल बैठकमा कर्मचारीहरुको प्रतिनिधि चान सिउ–काउले सोमबार प्रहरी र आफ्नो तलबमा विभेद भएको बताए।
उनका अनुसार कुनै प्रहरी चौकीको सर्जेन्टले १३ हजार हङकङ डलर कमाउँदा भन्सारका सोही पदका व्यक्तिको तलब त्योभन्दा कम छ।
प्रतिक्रिया