हङकङ प्रहरीद्वारा १७ किलो कोकिन बरामद, एकजना पक्राउ

हङकङ प्रहरीद्वारा १७ किलो कोकिन बरामद, एकजना पक्राउ

तस्बिर : हङकङ प्रहरी बलको फेसबुक पेज


नेपालखबर
साउन ३, २०८० बुधबार १९:४२, हङकङ

हङकङ प्रहरीले १८.५ मिलियन हङकङ डलर बराबरको कोकिन मंगलबार बरामद गरेको छ।

कोकिन बरामद गरिँदा २६ वर्षीय व्यक्ति पनि पक्राउ परेका छन्। संदिग्धले काउलिनस्थित सार्वजनिक आवास फ्ल्याट हो मान–तिन स्टेटमा उक्त कोकिन भण्डारण गरेका थिए।

उनलाई खतरनाक लागूऔषधको ओसारपसार तथा प्रहरीलाई कर्तव्य पालनामा अवरोध गरेको आरोपमा पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्ति परिवारसहित उक्त फ्ल्याटटमा बस्दै आएका प्रहरीले जनाएको छ। 

पछिल्लो समय हङकङमा लागूऔषध तस्करीका घटना बढिरहेका प्रहरीको तथ्यांकले देखाउँछ।

सन् २०२२ जनवरीदेखि मेबीचमा कोकिन, मेथाम्फेटामाइन, हिरोइन, केटामाइन जस्ता लागूऔषध २ हजार २२७ केजी बरामद भएको थियो।

यस वर्ष त्यही अवधिमा ३ हजार ७१२ केजी लागूऔषध बरामद भइसकेको विभिन्न तथ्यांकले देखाएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .