हङकङको मङकङस्थित औद्योगिक भवनबाट कंक्रिटका टुक्रा खस्दा सडकमा गुडिरहेको मर्सिडिज बेन्ज कारमाथि क्षति पुगेको छ।
सोमबार बिहान १०ः३० बजे टङ मी रोडमा उक्त दुर्घटना भएको हो। घटनामा मानवीय क्षति भने नभएको बताइएको छ।
मङककमा आठ दिनको अवधिमा यस्तो घटना भएको यो तेस्रो पटक हो।
औद्योगिक भवन ४२ वर्ष पुरानो भएको जनाइएको छ। घटना हुँदा ४१ वर्षीय पुरुष कार चलाइरहेका थिए। कंक्रिटका टुक्रा कारको छानामा बजारिएका थिए।
स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा १६ तले फुक केउङ औद्योगिक भवनको चौथो तलामा कंक्रिटका टुक्रा फुटेको पाइएको छ ।
प्रहरीले भवनका अध्यक्षलाई सम्पर्क गर्ने प्रयास गरे पनि उनी हङकङमा थिएनन्।
फुक केउङ औद्योगिक भवन।
प्रहरीका अनुसार घटनामा कसैलाई पक्राउ गरिएको छैन। यद्यपि, मङकक आपराधिक अनुसन्धान इकाइका अधिकारीहरूले घटनाको सुक्ष्म अध्ययन गरिरहेको बताइएको छ।
घटना भएको स्थान मङकक रोडस्थित १७ तले पो अन बिल्डिङबाट करिब ७०० मिटर दुरीमा पर्दछ। यो बिल्डिङबाट जुलाई २ र ५ मा कंक्रिटका टुक्रा सडकमा खसेका थिए। निरीक्षणका क्रममा रुफटप फ्ल्याट बाहिरको अवैध ‘क्यानोपी’मा मुट्ठी आकारको कंक्रिटको लम्प फुटेको पाइएको थियो।
जुलाई २ को घटनामा खसेको कंक्रिट ट्रकमाथि खस्दा चालक घाइते भएका थिए। सो घटनामा भवनबाट वस्तु खसाएको आशंकमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
Shares
प्रतिक्रिया