हङकङको एक फ्ल्याटमा सोमबार बेहोस अवस्थामा फेला परेका तीन दिदीबहिनीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ।
उनकी आमाले आफूले बच्चाहरूको हत्या गरेको स्वीकार गरेकी छन्। आमाले हत्या आरोप स्वीकार गरेपछि घटनाले नाटकीय मोड लिएको छ।
यसअघि उनले श्रीमानले छोरीहरूको छुरा रोपेर हत्या गरेको बताएकी थिइन्। प्रहरीले अझै घटनाबारे अनुसन्धान गरिरहेको छ।
स्रोतले ती महिलालाई अस्पताल पठाउने बताएको छ। किनभने उनी असंगत रूपमा र निरन्तर भूतबारे बोलिरहने गरेको बताइन्छ। उनले आफैँले आफ्नो भाइलाई फोन गरेर छोरीहरूलाई मारेको बताएकी थिइन्।
भाइ फ्ल्याटमा पुग्दा ताला लगाएको भेटिएको थियो।
दिउँसो १:१३ बजे पाकिस्तानी मूलकी ती महिला साम शुई पोस्थित क्वेलिन स्ट्रिट फ्ल्याटमा अफिसरहरूले पहरा दिइरहेको बेला भित्रै थिइन्। उनका श्रीमान् पछि प्रहरी अनुसन्धानका क्रममा फ्ल्याटमा आइपुगेको अनुसन्धानबाट खुलेको बताइएको छ।
फ्ल्याटमा कार्यरत अफिसरले प्रहरीलाई दिएको बयानअनुसार बिहान ११ बजे बालिकाकी आमाले अफिसरलाई आफ्ना छोरीलाई श्रीमान्ले मारेको बताएकी थिइन्। श्रीमान्ले छोरीहरूलाई छुरा प्रहार गरेको दाबी उनले गरेकी थिइन्।
तर त्यतिबेला श्रीमान् फ्ल्याटमा नभएको जानकारी अफिसरले दिएका छन्। हालसम्म अभियुक्तका रूपमा कसैलाई पक्राउ गरिएको छैन।
मारिएका बालिका २ वर्ष, ४ वर्ष र ५ देखि ६ वर्ष उमेरका छन्।
यस वर्षको जनवरी र फेब्रुअरी महिनामा मात्रै २८८ वटा घरेलु हिंसाका घटना भएको प्रहरी रिपोर्टमा उल्लेख छ
Shares
प्रतिक्रिया