हङकङमा केही समययता झ्याल खसेर आतंक मच्चिएको छ। ठूला घरहरुबाट झ्याल खस्दा त्यसले लागेर केहीको ज्यान गएको छ भने केही घाइते भएका छन्।
बिहीबार सुएन वानस्थित हान तेइ स्क्वायरमा रहेको चुंक मिङ म्यानसनको झ्याल खस्दा एक वृद्धा घाइते भएकी छिन्।
६९ वर्षीया महिला मृत्युको मुखबाट बाँचेको त्यहाँको प्रहरीले जनाएको छ। १५ औं तलाबाट झ्याल खसेको थियो। त्यसले संवेदनशिल अंगमा लागेको भए उनको ज्यान जाने बताइएको छ।
उनको यान चाइ अस्पतालमा उपचार भइरहेको एससीएमपीले जनाएको छ।
यसै हप्ताको मंगलबारमात्र झ्याल खसेर एक महिलाको मृत्यु भएको थियो। साइ सान सडकस्थित सिङ यी नजिकैको भवनबाट झ्याल खेरे ६३ वर्षीया वृद्धा महिलाको मृत्यु भएको थियो।
प्रतिक्रिया