हङकङ सन् १९५० र ६० को दशकभन्दा आज बिलकुलै फरक छ।
त्यतिबेला अहिलेजस्तो हङकङ स्वायत्त सरकारअन्तर्गत थिएन, ब्रिटिश सरकारको अधिनमा थियो।
बेलायतले पहिलो अफिम युद्धताका हङकङलाई कब्जा गरेको थियो। चीनको छिङ राजवंशले औपचारिक रूपमा हङकङलाई सन् १९४२ मा बेलायतलाई सुम्पिएका थिए। सन् १९९७ सम्म ब्रिटिश औपनिवेशिक प्रशासनद्वारा हङकङ सञ्चालित रह्यो।
५० र ६० को दशकमा कोरियाली युद्धले चीनको निर्यात व्यापारलाई लगभग रोकेको थियो, जसले हङकङको अर्थतन्त्रलाई गम्भीर चोट पुर्याएको थियो।
विश्व प्रख्यात फोटोग्राफर फ्यान हु सन् १९४९ मा हङकङ पुगेका थिए। उनले त्यसबेलाको हङकङको जीवनलाई आफ्नो लेन्समा कैद गरेका थिए।
फ्यान हुले खिचेकी ती केही तस्बिरहरू, जसलाई हामीले पब्लिक डेलिभरी कम्पनीको वेबसाइटबाट लिएका हौँ।
270
Shares
प्रतिक्रिया