हङकङ अब्जर्भेटरीले सोमबार ठूलो हावाहुरीसहित भारी वर्षाको चेतावनी दिएको छ।
अपराह्न सवा ४ बजे सूचना जारी गर्दै अब्जर्भेटरीले आगामी दुई घण्टा सहरमा चट्याङका साथ ठूलो झरी पर्ने बताएको हो।
‘हङकङमा आगामी दुईतीन घण्टा ठूलो पनी पर्ने अपेक्षा गरिएको छ। हावाहुरी र चट्याङ पनि पर्नेछ,’ अब्जर्भेटरीले भनेको छ।
रेडार तस्बिरमा वर्षा गराउने बादल दिउँसोदेखि पश्चिमबाट पूर्वतर्फ सरेको देखिएको छ।
कुनैकुनै क्षेत्रमा ३० मिलिमिटरभन्दा ज्यादा पानी पर्ने बताइएको छ।
मौसम पूर्वानुमान गर्ने सो संस्थाले होचो र निकासी राम्रो नभएका स्थानमा डुबान समेत हुनसक्ने जनाएको छ।
जोखिम कम गर्न होसियारी अपनाउने अब्जर्भेटरीले सबैलाई आग्रह गरेको छ। एससीएमपी
42
Shares
प्रतिक्रिया