हङकङमा २०२५ सम्ममा ७ हजार ईभी चार्जिङ स्टेसन थपिने

हङकङमा २०२५ सम्ममा ७ हजार ईभी चार्जिङ स्टेसन थपिने

नेपालखबर
बैशाख ४, २०८० सोमबार २०:४०,

हङकङका सरकारी पार्किङमा २०२५ सम्ममा विद्युतीय सवारी चार्ज गर्न थप ७ हजार स्टेसन बनाइने भएको छ। तेलबाट चल्ने कारलाई विस्थापित गर्ने उदेश्यले यो लक्ष्य अघि सारिएको हो।

सोमबार विधान परिषदमा पेस गरिएको एक दस्तावेजमा सरकारले यी चार्जिङ स्टेसन निर्माण गर्ने वाचा गरेको हो।

यसअघि २०२५ सम्ममा ५ हजार चार्जिङ स्टेसन बनाउने लक्ष्य अहिले नै पुरा भइसकेको छ। सेप्टेम्बर २०२२ सम्ममै ५ हजार ३ सय चार्जिङ स्टेसन बनिसकेका छन्। त्यसमध्ये २२ सय सरकारी हुन्।

यातायात क्षेत्र प्रदुषणको सबैभन्दा ठूलो स्रोत रहेको भन्दै यो कदम चाल्न लागिएको हो।

अब विद्युतीय सवारी चार्जिङको सुविधा सबै नयाँ सरकारी भवनमा राखिनेछ।

सन् २०१८ मा दिइएको कर छुटपछि हङकङका बासिन्दा विद्युतीय सवारीतिर आकर्षित भएका हुन्। जसमा टेस्ला सबैभन्दा अगाडि छ। 

गतवर्ष दर्ता भएका नयाँ निजी कारमध्ये आधाभन्दा बढी विद्युतीय कार थिए। सो वर्ष १९ हजार ७९५ नयाँ विद्युतीय कार दर्ता भएका थिए। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .