नयाँ वर्षको पूर्व सन्ध्यामा मंगलबार हङकङबासीलाई सम्बोधन गर्दै लामले हङकङ पुननिर्माण गर्ने साथै शहरका सबै समस्या हल गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन्।
सामाजिक संजालमा ३ मिनेटको भिडियो सार्वजनिक गर्दै लामले आफू दायित्वबाट पर नभाग्ने बताएकी छिन्।
६ महिनायता हङकङमा सरकारविरुद्धको आन्दोलन जारी छ। जसका कारण हङकङको अर्थतन्त्रमा ठूलो ह्रास पुगेको छ।
उनले भनेकी छन्,‘सन २०१९ मा हामीले कहिल्यै सामना नगरेको चुनौती व्यहेर्यौ। सुपुर्दगी विधेयकलाई लिएर सुरु भएको आन्दोलन ६ महिनामा टेकेको छ। हामी नयाँ वर्षमा यस समस्या हल भएको देख्न चाहन्छौं। आन्दोलनले शहरमा दुख, चिन्ता र निराशा ल्याएको छ।’
‘हङकङको कार्यकारी भएको हैसियतले म आफ्नो दायित्वबाट पर नसर्ने प्रण गर्न चाहन्छु। म नागरिकको समस्या बुझेर त्यसलाई हल गर्न तत्पर छु।’ उनी भन्छिन्। एससीएमपी
6
Shares
प्रतिक्रिया