हङकङमा भन्सार अधिकारीहरुले कुखुराको खुट्टा ल्याइएको कन्टेरमा २६ करोड हङकङ डलरको कोकिन बरामद गरेका छन्। ब्राजिलबाट ल्याइएको कन्टेनरमा सो कोकिन फेला परेको हो।
ल्याइएका १८ सय बाक्सामध्ये ३० वटामा ३ सय किलो कोकिन डिसेम्बर २२ का दिन फेला पारिएको भन्सार विभागले जनाएको छ।
सो सामान बुझ्न आएका एक ६७ वर्षीय ट्रक चालक पक्राउ परेका छन्। त्यसपछि सिङ यी र काउलुन सिटीबाट एकएक पक्राउ परेका छन्।
लागूऔषध कारोबारमा संलग्न गिरोहका अन्य सदस्यहरुलाई समात्ने प्रयास भइरहेको भन्सार अधिकारीहरुले बताए।
एक्स रेमा शंकास्पद सामान देखेपछि खानतलासी लिँदा कोकिन फेला परेको थियो।
गत वर्ष मात्र हङकङमा १ हजार किलोभन्दा ज्यादा कोकिन समातिएको थियो।
दक्षिण अमेरिकामा गत वर्ष कोका खेती सप्रेकाले कोकिनको दाम घटेको र आपूर्ति बढेको स्रोतले बतायो। एससीएमपी
57
Shares
प्रतिक्रिया