हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू भएयता क्यानडाले १७ सय हङकङेलाई स्थायी आवासीय अनुमति दिएको छ। त्यस्तै, ३३ हजार जनालाई काम र पढाइको अनुमति दिएको छ।
सुरक्षा कानुन लागू भएपछि क्यानडा, बेलायत र अस्ट्रेलियाले हङकङबासीका लागि आप्रवासनको बाटो खुकुलो पारेका थिए।
तर, हङकङका बासिन्दाका लागि लागि क्यानडा सबैभन्दा प्रमुख गन्तव्य बनेको हो। किनभने क्यानडाको नीति सबैभन्दा सहज छ। उसले युवा र क्यानडामै पढिरहेकाहरुलाई लक्षित गरेर नीति तय गरेको छ।
त्यसयता करिब १७ हजारले कामका लागि र १६ हजारले पढाइका लागि भिसा आवेदन दिएका छन्।
आवेदन दिनेमध्ये ९० प्रतिशतले क्यानडामै हासिल गरेको शैक्षिक योग्यतालाई आधार बनाएका छन् भने अरुले कामको अनुभवलाई।
नयाँ व्यवस्थाअनुसार जागिरको टुंगो नभइकन पनि स्नातकहरुले आवेदन दिन सक्छन्। अनुमति पत्र भएका व्यक्तिको पतिपत्नी वा निर्भरहरुले पनि काम र पढाइका लागि आवेदन दिन पाउँछन्। एससीएमपी
Shares
प्रतिक्रिया