चीनको विशेष प्रशासकीय क्षेत्र हङकङले कोरोना महामारीका बेला लगाएका सबै प्रतिबन्ध बुधबारदेखि लागू हुने गरी हटाएको छ।
कोरोना महामारीका बेला लगाइएका कडा नियमका कारण हङकङ जानेहरूले सास्ती बेहोर्नुपरेको थियो।
‘जिरो प्लस थ्रि’ भनिने नियमानुसार हङकङका रेस्टुरेन्ट छिर्न पनि सहज थिएन।
कुनै पनि व्यक्तिले कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको तीन दिनपछि मात्रै रेस्टुरेन्ट जान सक्ने नियम लागू गरिएको थियो।
अब कोरोना नेगेटिभ भएका जो कोहीले हङकङमा सहज रूपमा हिँडडुल गर्न पाउनेछन्। नयाँ नियमअनुसार कोरोना संक्रमितले रेड हेल्थ कोड पाउनेछन् र उनीहरू आइसोलेसनमा बस्नुपर्नेछ।
हङकङका कार्यकारी प्रमुख जोन लि का चिउले कार्यकारी परिषद् बैठकअघि कोरोना महामारीका बेला लगाइएका कडा नियम हटाइएको घोषणा गरेका हुन्।
1.1k
Shares
प्रतिक्रिया