लागुऔषध तस्करीको आशंकामा हङकङ प्रहरीले एक १४ वर्षीय विद्यार्थीलाई पक्राउ गरेको छ। प्रहरीले एक कारखानामा ८ लाख ८० हजार हङकङ डलरको लागुऔषध बरामद गरेपछि उनी पक्राउ परेका हुन्।
दुई दिनअघि क्वाइ चुङको एउटा फ्ल्याटमा छापा मारी ती किशोरलाई समातिएको बिहीबार प्रहरीले जानकारी दियो। त्यहाँबाट शंकास्पद लागुऔषध पनि बरामद गरिएको प्रहरीको भनाइ छ।
त्यसपछि बुधबार प्रहरीले सान पो कोङमा पनि छापा मारेको थियो। जहाँ विभिन्न परिमाणमा कोकिन, मेथाफेटामाइनलगायत लागुऔषध फेला पारेको छ।
सो स्थानमा अवैध जुवाको विज्ञापन गरिएको पर्चाहरु फेला पारिएको छ।
पक्राउ परेका किशोरसँग सोधपुछ चलिरहेको प्रहरीको भनाइ छ।
हङकङमा लागुऔषध कारोबारको अपराधमा अधिकतम आजीवन काराबास र ५० लाख हङकङ डलर जरिवानाको व्यवस्था छ। एससीएमपी
138
Shares
प्रतिक्रिया