हङकङमा अदालतको अवहेलना कसुरमा पादरीलाई एक वर्षको जेल

हङकङमा अदालतको अवहेलना कसुरमा पादरीलाई एक वर्षको जेल

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार १०:९, हङकङ

हङकङमा अदालतको अवहेलना गरेको कसुरमा इशाई धर्मगुरुलाई एक वर्षको जेल सजाय सुनाइएको छ।

उनले सहरको न्यायाधीशबारे अप्रमाणित  आरोप लगाएका थिए। साथै उनले अदालतलाई उपनिवेशकालीन देशद्रोहको एक हाइ प्रोफाइल मुद्दाबारे चुनौती पनि दिएका थिए।

उनले सामाजिक सञ्जाल युट्युबमा अदालतको धज्जी उडाउँदै गरेको भिडियोहरु अपलोड गर्दै आएका थिए। अदालतले उनीमाथि दोशद्रोहको नियत दखिएको बताउँदै जेल सजाय सुनाएको हो। उनले कानुनी राजको अपमान गर्न खोजेको अदालतको ठहर छ। 

५९ वर्षीय पादरी र ग्यारी पाङलाई अदालतको अवहेलना मामिलामा जेल सजाय सुनाइएको हो। त्यस्तै न्यायाधीशमाथि अपशब्द बोलेको आरोपमा ६८ वर्षीया चिउ मेई यिङलाई पनि बिहीबार जेल सजाय सुनाइएको छ।

गत वर्ष प्रतिबन्ध लगाइएको टियानमे स्क्वायर दमनको सम्झनामा मनाइने समारोहमा सामेल भएको आरोपको मुद्दाको क्रममा उनले अवरोध पुर्‍याउन खोजेको भन्दै उनलाई पजि जेल सजाय सुनाइएको हो। 

हङकङमा पहिलोपटक राष्ट्रिय सुरक्षा कानुनअन्तर्गतको अदालतको अवहेलनाको मुद्दामा जेल सजाय सुनाइएको हो। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .