हङकङका पाँच युनिभर्सिटी विश्वका उत्कृष्ट एक सय शैक्षित संस्थाको सूचीमा अटाउन सफल भएका छन्।
बेलायतस्थित टाइम्स हाइयर एजुकेसन (द)ले सार्वजनिक गरेको वार्षिक सूचीअनुसार हङकङको एक युनिभर्सिटी ५० स्थान सुधार गर्दै उत्कृष्ट एक सयभित्र अटाएको छ।
विश्वभरका १०४ मुलुकका १८ सय युनिभर्सिटीमा गरिएको अध्ययनबाट उक्त सूची निकालिएको हो। यो सूचीमा सबैभन्दा अगाडि रहेको युनिभर्सिटी अफ हङकङ (एचयूके) ३१ औं स्थानमा छ।
यो युनिभर्सिटी एक स्थान खस्किएको हो। चाइनिज युनिभर्सिटी अफ हङकङ ४९ औं स्थानबाट ४५ औं स्थानमा आइपुगेको छ।
त्यस्तै हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी आठ स्थान सुधार गर्दै ५८ औं स्थानमा आइपुगेको छ भने पोलिटेक्निक युनिभर्सिटी ७९ औं स्थानमा छ।
हङकङको सिटी युनिभर्सिटी भने १५१ औं स्थानबाट ५२ स्थान सुधार गर्दै ९९ औं स्थानमा आइपुगेको छ।
3.2k
Shares
प्रतिक्रिया