सार्वजनिकस्थलमा छोराछोरीमाथि कुटपिट गर्ने हङकङका एक नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार ९ वर्षीय बालक र १४ वर्षीया बालिकामाथि उनीहरुकै ४० वर्षीया पिताले लात्ती र मुक्का प्रहार गरेको प्रहरीले जनाएका छन्।
कवाइचुङस्थित कवाइ लिउन सडकमा बालक तथा बालिकामाथि कुटपिट गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार ती बालकको मुहारमा चोट लागेको छ। बालिकाको भने खुट्टामा चोट लागेको छ।
ती व्यक्तिमाथि प्रहरीले बाल शोषणबारे अनुसन्धान गरिरहेका एससीएमपीले जनाएकाे छ।
हङकङमा आफ्ना छोराछोरीमाथि दुव्र्यवहार तथा कुटपिट गर्ने व्यक्तिलाई जरिवाना सहित १० वर्षको जेल सजाय दिने कानुनी प्रावधान छ।
प्रतिक्रिया