हङकङ विश्वका प्रमुख पाँच प्रतिस्पर्धी अर्थतन्त्रमा अटाएको छ।
अघिल्लो वर्षको तुलनामा दुई स्थान सुधार गर्दै हङकङ शीर्ष पाँचभित्र अटाएको हो।
आईएमडी वर्ल्ड कम्पेटिटिभनेस र्‍यांकिङले सार्वजनिक गरेको सूचीमा विश्वको सबैभन्दा प्रतिस्पर्धी अर्थतन्त्रमा डेनमार्क शीर्षस्थानमा छ भने स्वीट्जरल्याण्ड दोस्रोमा छ।
आईएमडी वर्ल्डले सम्बन्धित मुलुक तथा क्षेत्रको नीति र दीर्घकालीन योजनाको आधारमा यो सूची सार्वजनिक गर्दै आएको छ।
सूचीअनुसार तेस्रो स्थानमा सिंगापुर छ। सिंगापुर एसियाकै सबैभन्दा प्रतिस्पर्धी अर्थतन्त्र बनेको छ। सिंगापुर पनि अघिल्लो वर्षको तुलनामा दुई स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेको हो।
यस वर्षको वरीयतामा चीन १७ औं स्थानमा झरेको छ। पछिल्लो समय कमजोर आर्थिक अवस्थाको कारण चीन वरीयतामा पछि परेको हो। ताइवान भने सूचीको सातौं स्थानमा छ। अमेरिका वरीयताको १० औं स्थानमा छ।
Shares
प्रतिक्रिया