विश्वविद्यालय कब्जा गर्ने हङकङका प्रदर्शनकारीले आत्मसमर्पण गर्न थाले

विश्वविद्यालय कब्जा गर्ने हङकङका प्रदर्शनकारीले आत्मसमर्पण गर्न थाले

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार ७:८,

गत हप्तादेखि उक्त विश्वविद्यालय प्रदर्शनकारीले नियन्त्रणमा लिएका थिए। उक्त विश्वविद्यालय रणभूमिमा परिणत भएको थियो।

प्रदर्शनकारीले विश्वविद्यालय नियन्त्रण मुक्त गर्न आएका प्रहरीमाथि पेट्रोल बम, धनुवाण, ढुंगा लगायतका सामाग्री प्रहार गर्दै विश्वविद्यालय परिसरमा पस्न दिएका थिएनन।

सार्वजनिक तस्बिरहरुमा प्रदर्शनकारीले विश्वविद्यालयमा रहेका विज्ञान प्रयोगशालाका ग्याँस, रसायनको प्रयोग गरी घातक हतियारको निर्माण गरेका थिए।

प्रहरीले हङ होमस्थित पोलिटेक्निक विश्वविद्यालय गतहप्ता देखि नै घेराउमा लिएको छ। हप्तौसम्म उनीहरुले विश्वविद्यालय भित्रैबाट प्रहरीविरुद्ध पेट्रोल बमहरु प्रहार गरेका थिए।

यतिबेला भने प्रदर्शनकारी आफैंले आत्मसमर्पण गर्न थालेको एससीएमपीले जनाएको छ। भोक प्यासका कारण उनीहरुले आत्मसमर्पण गरेको अनुमान गरिएको छ।

यतिबेला उक्त विश्वविद्यालयमा सयभन्दा बढी प्रदर्शनकारी नभएको अनुमान प्रहरीको छ। केही प्रदर्शनकारीले ढलबाट भाग्ने प्रयास गरेका थिए। केहीले एकैपटक प्रहरी अगाडि बाट कुदेरै विश्वविद्यालयबाट भाग्ने प्रयास गरेका थिए।

भाग्न खोज्दा पक्राउ परे प्रदर्शनकारी (भिडियो)

तर प्रहरीले उनीहरु सबैलाई नियन्त्रणमा लिएका छन्। हालसम्म ११ सय प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। १८ वर्षभन्दा मुनीका प्रदर्शनकारीलाई भने प्रहरीले सम्झाई बुझाई छाडेको जनाइएको छ।

पोलिटेक्निक विश्वविद्यालय नियन्त्रणमा लिनु अगाडि प्रदर्शनकारीले आफ्ना माग पुरा गर्न हङकङको विभिन्न विश्वविद्यालय अगाडि प्रदर्शन गरेका थिए। शिक्षा क्षेत्रलाई प्रभावमा पार्दै उनीहरुले माग पुरा गर्न दबाब दिएका थिए।

अधिकारीहरुका अनुसार प्रदर्शनकारीले पोलिटेक्निक विश्वविद्यालको संरचना पूर्ण रुपमा नष्ट गरेका छन्।

उनीहरुले झ्याल, ढोका फुटाएका छन् भने विज्ञानका प्रयोगशालमा तोडफोड गरेका छन्।

२० विज्ञान प्रयोगशालामा तोडफोड

हङकङमा सरकारको सुपुर्दगी विधेयकलाई लिएर चर्किएको प्रदर्शनले त्यहाँ तनाव उत्पन्न गराएको हो।

सरकारले सुपुर्दगी विधेयक फिर्ता लिएता पनि प्रदर्शनकारीले क्यारी लामको राजीनामा र हङकङ थप स्वतन्त्र हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका हुन्।

आन्दोलन ६ महिनायता जारी छ। बिहीबार हङकङकोे अवस्था अन्य दिनभन्दा केही साम्य भएको छ।

 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .