६ महिनादेखि हङकङमा सरकार विरोधी आन्दोलन जारी छ। आन्दोलन भइरहँदा पहिलोपटक चिनियाँ जनमुक्ति सेना हङकङमा परिचालन भएको एससीएमपीले जनाएको छ।
चिनियाँ सेनाले शनिबार काउलुन क्षेत्रमा रहेका सडकका अवरोधहरु हटाएका थिए। यसका भिडियोहरु यतिबेला सामाजिक सन्जालमा पोस्ट भएको देख्न सकिन्छ।
हङकङ प्रदर्शनलाई नियन्त्रण लिन सेनाहरु खटाइएको आशंकाबीच जनमुक्ति सेनाका अधिकारीहरुले हङकङ आन्दोलनसँग आफ्नो लिनुदिनु केही नरहेको बताएका छन्।
जनमुक्ति सेनाहरु हङकङमा धेरै वर्षदेखि सामाजिक कार्यमा संलग्न छन्। हङकङमा गतवर्ष म्यांकुट आँधीले ठूलो विनाश निम्त्याएको थियो।
— SCMP Hong Kong (@SCMPHongKong) November 16, 2019The People's Liberation Army is seen clearing barricades outside Baptist University. #HongKongProtests
Video:SCMP/Victor Ting pic.twitter.com/qi9Miwndnl
त्यस समयको अक्टोबर महिनामा ४ सय चिनियाँ जनमुक्ति सेनाले हङकङमा उद्धारकर्ताको भूमिका निर्वाह गरेका थिए।
हाल सडकका अवरोधहरु हटाउन सहयोग गरिरहेका चिनियाँ सेनाले आफूहरु हिंसा र अराजकता अन्त्य हुनुपर्ने पक्षमा रहेको बताएका छन्।
हङकङको सानो संविधानको रुपमा मानिएको ग्यारिसन कानुन अनुसार चिनियाँ जनमुक्ति सेनाले हङकङको आन्तरिक विषयमा अवरोध गर्न पाउँदैन।
कानुन अनुसार सेनाले हङकङमा प्राकृतिक विपत्ति आए, प्रकोप आए सहयोग भने गर्न पाउनेछन्।
PLA soldiers and residents clear roadblocks on Hereford Road. #HongKongProtests
— SCMP Hong Kong (@SCMPHongKong) November 16, 2019
Video: SCMP/Victor Ting pic.twitter.com/2hjk3lLPNv
Shares
प्रतिक्रिया