हङकङमा बिहीबार कोभिड–१९ का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
शुक्रबार हङकङको स्वास्थय नियामकले दिएको जानकारीअनुसार कोभिड–१९ का १६४ नयाँ संक्रमित थपिएका हुन्। महामारी सुरु भएयता नै हङकङमा यति ठूलो संख्यामा नयाँ संक्रमित थपिएका थिएनन्।
हङकङ प्रमुख क्यारी लामले यसअघि नै ओमिक्रोन भेरियन्टसहितको संक्रमण तीव्र गतिमा फैलिन सक्ने भन्दै चेतावनी दिएकी थिइन्।
बुधबार हङकङमा कोरोनाका १४९ नयाँ संक्रमित थपिएका थिए। यससँगै अहिलेसम्मकै धेरै नयाँ संक्रमित थपिन सक्ने आशंका बढेको थियो।
विशेषगरी पछिल्लो समय हङकङका हाउजिङहरुमा संक्रमण बढेसँगै नयाँ संक्रमितको संख्या पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो।
बिहीबार पुष्टि भएकामध्ये ४८ नयाँ संक्रमित बाहिरबाट आएका थिए भने ११६ स्थानीय संक्रमित थिए।
435
Shares
प्रतिक्रिया