हङकङमा सोमबार कोभिड–१९ का १०९ नयाँ संक्रमित थपिएका छन्। हङकङको हाउजिङमा कोरोना संक्रमण फैलिएसँगै ठूलो संख्यामा कोरोनाका नयाँ संक्रमित थपिएका हुन्।
हङकङमा लगातार दोस्रो दिन एक सयभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन्। सोमबार भेटिएका १०९ मध्ये ११ जना बाहिरबाट आएका मानिसहरु छन् भने ९८ जनामा स्थानीय मानिसहरुबाटै संक्रमण फैलिएको हो।
हङकङको स्थानीय संक्रमितमध्ये पनि धेरैजसो क्वाई चुङ स्टेट हाउजिङका मानिसहरु छन्। यो हाउजिङको १६ मध्ये १२ ब्लकमध्ये १२ वटामा गरी करिब २१० कोरोना संक्रमित भेटिइसकेका छन्।
सोमबार मात्र यो हाउजिङमा ६९ नयाँ संक्रमित थपिएका थिए। जसमध्ये याट क्वाई ब्लकमा २७ र यिङ क्वाई ३३ नयाँ संक्रमित थपिएका छन्। त्यस्तै अन्य ९ संक्रमित अन्य ब्लकहरुमा थपिएका हुन्।
मानिसहरुले पर्याप्त सुरक्षा सतर्कता नअपनाएको र अस्वस्थकर व्यवहारको संक्रमण फैलिएको अधिकारीहरुले बताएका छन्।
Shares
प्रतिक्रिया