हङकङको सरकारले एउटा हाउजिङ ब्लकका २५ सयभन्दा धेरै मानिसलाई ३ दिनसम्म घरमा नै बस्न निर्देशन दिएको छ।
उक्त समयसम्म यट क्वाई हाउसमा बस्ने मानिसहरुको कोभिड–१९ को संक्रमण परीक्षण गरिने सरकारले बताएको छ।
ओमिक्रोन भेरियन्टसहितको संक्रमण भएका व्यक्ति उक्त हाउजिङमा आएको खुलेसँगै सरकारले हाउजिङका सबैको कोरोना परीक्षण गर्न लागेको हो।
शुक्रबारदेखि उक्त नियम कार्यान्वयनमा आएको हो।
बिहीबार हङकङका स्वास्थ्य नियामकहरुले उक्त हाउजिङको भ्रमण गरेका थिए।
अब उक्त हाउजिङमा बस्ने मानिसहरुले तीन दिनसम्म स्क्रिनिङ गर्नुपर्नेछ र कोरोना परीक्षणमा नेगेटिभ नतिजा आए मात्र उनीहरुबाट बाहिर निस्किन दिइनेछ।
यसअघि हङकङका स्वास्थ्य विशेषज्ञहरूले हङकङमा कोरोना संक्रमण फैलिइरहेको भन्दै चेतावनी दिएका थिए।
उनीहरुले सबै मानिसलाई आफ्नो घरमा बस्न र संक्रमण नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन्।
Shares
प्रतिक्रिया